Ad Image

प्रधानमन्त्रीको बिरोधमा नारा डिस्प्ले भएपछि वितरण केन्द्रका प्रमुखमाथि आक्रमण

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742899027.jpg

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आक्रमण भएको छ । केन्द्रमा डिजिटल सूचना बोर्ड ह्याक गर्ने घटनापछि कार्यालयमा तोडफोड तथा आक्रमण भएको हो ।


हिजो चैत ११ दिउँसो १२ बजे कार्यालयको सूचना बोर्ड ह्याक गरी देशको सम्माननीय प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरू अपलोड गरिएका थिए।


प्राधिकरणले उक्त कार्यलाई गम्भीर साइबर अपराधको रूपमा लिँदै घटनाको छानबिन र संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गरेको थियो।

 
तर, आज (चैत १२) बिहान करिब १० बजे ३५-४० जनाको समूह कार्यालयमा प्रवेश गरी कार्यालय प्रमुखको कार्यकक्षमा तोडफोड गरेको र कार्यालय प्रमुखमाथि आक्रमण समेत गरेको छ।

 

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले यो घटनालाई गम्भीर मान्दै सार्वजनिक सेवा प्रवाह गर्ने कर्मचारीहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको जनाएको छ।