Ad Image

गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742962498.jpg

काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सुरू भएको छ। नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालय सिंहदरबारमा  विपक्षी दलहरूको बैठक बसिरहेको हो । बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी), माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन् ।