Ad Image

बैंकिङ कसुरको आरोपमा काभ्रेका जिसस प्रमुख गौतम पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742973122.jpg

काठमाडौं । जिल्ला समन्वय समिति - जिसस काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।


प्रहरी वृत्त, बानेश्वरले बैंकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले बताए ।


प्रहरीका अनुसार, गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको पाइएको एक अधिकृतले बताए ।


नेकपा (एकीकृत समाजवादी)का नेता तथा अखिल (क्रान्तिकारी)का पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका गौतमलाई हाल बानेश्वर प्रहरी वृत्तमा राखिएको छ। प्रहरी स्रोतका अनुसार उनको विषयमा थप अनुसन्धान भइरहेको छ।