Ad Image

बाँकेको नरैनापुरमा आगलागीबाट ५० लाखको क्षति

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742976423.PNG

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट रु. ५० लाख बराबरको क्षति भएको छ ।
 

जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा, घरमा प्रयोग भएको काठलगायतका सामान जलेर नष्ट भएका छन् । नरैनापुर–४ जयरामपुर्वामा  मङ्गलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका थिए ।  


नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पीडित आफन्तको घरमा आश्रय लिएर बसेको जानकारी दिँदै उनीहरुलाई बस्नका लागि प्रबन्ध गर्न लागिएको जानकारी दिनुभयो । हरेक वर्ष हिउँदका बेला नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुने गरेका छन् ।