Ad Image

प्रतिनिधिसभा बैठक अझै सुचारू भएन, बैठक २ बजेलाई सर्‍यो

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743060531.jpg

काठमाडौं । प्रतिनिधिसभा बैठक अझै सुचारू हुन सकेको छैन ।


बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजे बस्ने भएको छ । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरुबीच अवरोध हटाउने विषयमा कुराकानी नमिल्दा बैठक २ बजे बस्नेगरी समय निर्धारण भएको छ ।


विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक हिजोवाट स्थगित भएको बैठक अझै सुचारू हुन नसकेको हो ।


बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरे पनि हल निस्कन नसक्दा बैठक अझै सञ्चालन हुन नसकेको हो ।
 

प्रतिपक्षी दलले घिसिङलाइ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु पर्ने माग गरिरहेका छन तर प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । उनले आफुले घिसिङ हटाउने बिषयमा संसदमा जवाफ नदिने हिजै बताइसकेका छन् ।


तर, प्रतिपक्षको अडान भने प्रधानमन्त्री ओलीले संसदमा गएर जवाफ दिनु पर्ने राखिरहेका छन् ।