Ad Image

सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मका लागि संसद् बैठक स्थगित

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743071758.JPG

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।


बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।


दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।


प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै सदनको बैठक बस्न सकेको छैन ।


नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गर्नुको कारणबारे प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने माग राख्दै प्रतिपक्षीले सदन अवरोध गरेका हुन् ।


अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलहरूसँग संवाद जारी राखेका छन् । यद्यपि सहमति जुट्न सकेको छैन ।