Ad Image

रुपन्देहीमा प्रहरीका सई ३० हजार घुससहित पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743090114.jpg

रूपन्देही । रुपन्देहीमा सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक (सई) खिमबहादुर खड्का पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले भन्सार चोरी तस्करी गर्न सहजीकरण गर्ने क्रममा सेवाग्राहीसँग ३० हजार घुस लिँदै गर्दा खड्कालाई रंगेहात पक्राउ गरेको हो । प्रहरी चौकी दुर्गौलिया इन्चार्ज समेत रहेका खड्कालाई मायादेवी गाउँपालिका–६ अन्तर्गतको क्षेत्रबाट पक्राउ गरेको हो ।  यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।