समाजवादी मोर्चाको जनसभामा प्रचण्डसहित शीर्ष ४ नेताले मात्रै सम्बोधन गर्ने


काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शीर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार मोर्चामा आबद्द नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन् ।
जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडकमा नै मञ्च बनाएको छ । दिउँसो १२ बजेदेखि मोर्चा आबद्द ४ दलले ७ ठाउँवाट जुलुस निकाल्दैछन् ।