सानेपाको नेशनल ल कलेजमा अनेरास्ववियुको प्यानल नै विजयी


ललितपुर । सानेपाको नेशनल ल कलेजबाट स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ । कलेजको निर्वाचन समितिले विद्यार्थी कल्याण परिषदका लागि गरेको स्ववियु निर्वाचनमा अनेरास्ववियुकाे प्यानल नै विजयी भएकाे हाे ।
गत वर्ष भएको कल्याण परिषदको चुनावमा हार ब्यहोरेका अनेरास्ववियुको Progressive Law Students Panel ले यस वर्ष सबै पदहरुमा जित हासिल गरेको हो ।
अनेरास्ववियुबाट अध्यक्षका उमेद्वार रहेका ओभिलाल विश्वकर्मा (अभि) २ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दी अखिल (क्रान्तिकारी)का सुवास अधिकारी ८५ मतले पछि परेका हुन् । विश्वकर्माको २ सय ५५ मत ल्याउँदा अखिल (क्रान्तिकारी)का सुवास अधिकारीले १ सय ७०, नेविसंघका हृदयन्द्र जंग शाही ठकुरीले १ सय ३५ मत प्राप्त गरे ।
उपाध्यक्षमा अनेरास्ववियुकै आदर्श अधिकारी अत्याधिक मतसहित विजयी भएका छन् । अधिकारीले २ सय ८७ मत ल्याउँदा उनको प्रतिद्वन्दी नेविसंघका वि.यन रेग्मीले भने १५०, अखिल (क्रान्तिकारी)का सवल ठाकुरले १ सय १७ मत प्राप्त गरेका थिए । उनी ५ सय ५३ मतमा २ सय ८७ मत ल्याएर 'म्यान अफ द ईलेक्सन' भए।
महासचिवमा अनेरास्ववियुकै ओमकुमार यादव २ सय ४१ मत प्राप्त गरी विजयी भए । यादवले २ सय ४१, नेविसंघका उपहार संखडाले १ सय ६५, अखिल (क्रान्तिकारी)की आयुषमा श्रेष्ठले ५२, स्वतन्त्र उमेद्वार साहारा भण्डारीले १ सय ०३ मत ल्याएका थिए ।
सचिवमा अनेरास्ववियुकै स्वीकृति पाण्डे २ सय ५९ मत प्राप्त गरी विजयी भइन् । पाण्डेले २ सय ५९, नेविसंघकी कृतिका कातस्ताले १ सय ८५, अखिल (क्रान्तिकारी)की शान्ती आचार्यले १ सय ०२ मत ल्याएका थिए ।
कोषाध्यक्षमा अनेरास्ववियुकै भूमिका विन्दा पाण्डे विजयी भइन् । उनले १ सय ९० मत ल्याउँदा नेविसंघकी प्रशंशा खनालले १ सय ३७ मत ल्याएकी छन् । अखिल (क्रान्तिकारी)का किरण न्यौपानेले १ सय ५७, स्वतन्त्र उमेद्वार विपिन खड्काले ६२ मत ल्याएका छन् ।
सदस्यमा अनेरास्ववियुकै लक्ष्मी भट्टराई, खुसी चौरासिया, निमेश पन्थी, आशीष महतो, निशा अधिकारी, निर्वाचित भए ।
मंगलवार भएको मतदानमा समस्या भएपछि हुँदै गरेकाे निर्वाचन स्थगित भयो। सोही निर्वाचन बुधवार पुन: सुचारु भयाे । नतिजा बुधबार राति सार्वजनिक भएको थियो । सानेपाको नेशनल ल कलेजमा ६ सय ४५ मतदाता थिए ।