राजावादीहरूकाे आन्दाेलनमा ब्यक्तिको घर तोडफोड


काठमाडौं । तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन नियन्त्रणभन्दा बाहिर गएको छ । प्रदर्शनका क्रममा व्यक्तिका घर ताेडफाेड भएका छन् ।
तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको जुलुसले निषेधित क्षेत्र तोडन खोजे पछि प्रदर्शन हिंस्रक भएको हो । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र ताेड्न खाेजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।
अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको थियो । स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । झन्डै एक घन्टा देखि जारी झडप अझै नियन्त्रणमा आउन सकेको छैन्।
त्यसै क्रममा प्रदर्शनकारीले तीनकुनेमा ब्यक्तिको घर तोडफोड गरेका छन् ।