Ad Image

काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743160289.jpg

काभ्रे । काभ्रेबाट उपत्यका छिर्नलाई प्रहरीले पूर्ण रूपमा रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको हो ।


बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई भकुण्डेवेशीमा होल्ड गरिएको उनले बताइन् । बीपी राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई भकुन्डेबेसीमा र अरनिको राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई पाँचखालमा होल्ड गरिएको उनको भनाई छ ।