Ad Image

कांग्रेसले भन्यो– तीनकुने घटनाको सबै जिम्मेवारी पूर्वराजाले लिनुपर्छ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743259547.jpg

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको तीनकुनेमा शुक्रबार भएको सबै घट्नाको दोष पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको काङ्ग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।  

 

कांग्रेसले यसमा संलग्नमाथि कडा कारबाहीका लागि सरकारसँग माग पनि गरेको छ । ​​​​​​​राजावादीहरूको पूर्वयोजनाअनुसार निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको निष्कर्ष निकालिएको कांग्रेस प्रवक्ता महतले बताए । कांग्रेसले यो घटना गम्भीर रहेको भन्दै चाँडै सर्वदलीय बैठक बस्नु आवश्यक रहेको पनि ठहर गरेको छ ।

 

बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाबारे ब्रिफिङ गरेका थिए। लेखकले प्रहरीले राजावादीको सभास्थललाई ताकेर कुनै गोली र टियर ग्यास नहानिएको पनि बताएका छन् ।

 

‘राजावादीले जुन हिसाबले लक्षित गरी आक्रमण गरे। निजी घर, व्यवसायिक घर, मिडिया हाउसमा तोडफोड भयो। त्यसको कांग्रेसले भर्त्सना गरेको छ,’ महतले भने, ‘निरंकुशता लाद्‍ने मनसायसहित यो घटना गराइएको छ। आक्रमणको योजना बनाइएको छ। यसको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ।’