Ad Image

महानगरको जरिवाना पत्र निर्मल निवासले लिन मानेन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743316381.png

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीनकुनेमा गएकाे शुक्रवार राजावादीहरुले गरेको प्रदर्शनमा भएको तोडफोड तथा प्रदुषणकाे जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र शाह रहेकाे ठहर गर्दै काटेकाे जरिवानापत्र लिन निर्मल निवासले अस्विकार गरेको छ ।

 

गत शुक्रबार भएको प्रदर्शनमा फोहोर गरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई महानगरपालिकाले ७ लाख ९३ हजार बराबरको जरिवाना  ताेकेकाे छ।

 

कार्यालय बिदाका दिन अर्थात शनिवार जरिवाना तय गरे पछि महानगरको प्रहरी टोली निर्मल निवास पुगेको थियो । तर, निर्मल निवासले सो पत्र लिन अस्विकार गरे पछि महानगरकाे प्रहरी टाेली यसै फर्किएको छ।