Ad Image

बेलायतले म्यान्माका भूकम्प पीडितका लागि एक करोड पाउन्ड सहयोग गर्ने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743317547.png

एजेन्सी। बेलायतले म्यान्माका भूकम्प पीडितका लागि एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ।

 

बेलायत सरकारले म्यान्मामा शुक्रबार गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको र राहत तथा उद्धार कार्यमा सघाउनका लागि एक करोड पाउन्ड सहयोग गर्ने घोषणा गरेको हो।

 

बेलायती विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बेलायतको यो कोषले भूकम्पबाट अति प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, औषधि र आवासका सामानको आपूर्तिका लागि सहायता गर्नेछ।” विकास मन्त्री जेनिफर च्यापम्यानले भने, “बेलायतको आर्थिक सहयोगमा सञ्चालित स्थानीय साझेदारहरूले पहिले नै म्यान्मामा मानवीय सहयोग गरिरहेका छन् । यस दुःखद घटनापछि म म्यान्माका जनताप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु।” 

 

शुक्रबार म्यान्माको मध्य भागमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण म्यान्मामा एक हजार ६०० भन्दा बढीको मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ ।