Ad Image

मलाई भेटेकै ठाउँमा गोली हान्ने आदेश प्रधानमन्त्रीले दिएपछि सुरक्षित बसेको हुँ, भागेको छैन: दुर्गा प्रसाइँ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743327570.png

काठमाडौं। दुई दिनदेखि प्रहरीले खोजि गरिरहेको राजावादी आन्दोलनका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक भिडियो सार्वजनिक गर्दै आफू नभागेको बताएका छन्। 
 

शुक्रवार राजावादी आन्दोलनका क्रममा गाडीले पेल्दै प्रहरीको घेरा तोडेर भागेका प्रसाइँले आइतबार दिउँसो एउटा भिडियो सार्वजनिक गर्दै आफूलाई जहाँ भेट्यो त्यहिँ मार्नु भन्ने प्रधानमन्त्रीको आदेश सुनेपछि ज्यान बचाउन सुरक्षित स्थानमा बसेको स्पष्टीकरण दिएका हुन्।

 

उनले शान्तिपूर्ण आन्दोलन भइरहेका बेला आफू माथि मार्ने ठूलो योजना थाहा भएको दाबी गरेका छन्। उनले भने,  'म भागेको होइन, म भाग्दिन, प्रहरी प्रशासनले मलाई खोज्नु पर्दैन। म सुरक्षित स्थानमा गएको हो।  भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश सुनेपछि सुरक्षित बसेको हो। म भाग्नलाई जन्मेको होइन, म मर्छु तर तपाइँहरुको अगाडी मर्छु।'

 

उनले आफ्नो कानको छेउबाट गोली गएको र आफ्नो गाडीलाई लक्षित गरेर प्रहरीले गियर ग्यास प्रहार गरेपछि आफैंले गाडी चलाएर अगाडी बढ्नु परेको बताए। उनले आफूहरुले लडाइँ जिल्ने, विद्रोह सफल हुने देखिएपछि विभिन्न भेषभुषामा युवा संघ र पुलिस प्रशासनका केही व्यक्ति सिभिल ड्रेसमा अर्काको घरमा चढेर घटना घटाएको आरोप समेत लगाएका छन्।

 

पर्साइँले आफूले एयरपोर्टमा कब्जा गर्न, संसद भवनमा आक्रमण गर्न भनेपनि कसैको व्यक्तिगत सम्पत्ति र घरमा क्षति पुर्याउन भने नभनेको दाबी समेत गरेका छन्।