Ad Image

स्थानीय तहका कार्यालयमा इन्टरनेट तथा मोबाइल सेवा नपुगे नेपाल टेलिकमलाई खबर गर्न अनुरोध

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743332483.jpg

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले स्थानीय तहका कार्यालयमा अझै सेवा नपुगे खबर गर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले स्थानीय तहका कार्यालयमा दैनिक कामकाजको लागि इन्टरनेट तथा टेलिफोन सेवा नपुगे नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

 

“नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट देशका सम्पूर्ण ७५३ स्थानीय तहसम्म मोबाइल/एफटीटीएच/भीस्याट/लिज सेवाहरूमध्ये कम्तीमा कुनै एक सेवा पुर्‍याइसकेको हुँदा हालसम्म पनि कुनै स्थानीय तह अन्तर्गतका कार्यालयहरूको दैनिक कामकाजका लागि इन्टरनेट तथा टेलिफोन सेवा नपुगेको भएमा निम्नानुसार टेलिफोनरमोबाइल नम्बर (नेपाल टेलिकम, ब्याकबोन प्रसारण निर्देशनालय, बबरमहल- टेलिफोन: ०१५७०७६२१, मोबाइल: ९८५१०८७६५४) वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी उपलब्ध सेवा प्राप्त गर्नुहुन अनुरोध छ,” सूचनामा भनिएको छ ।


सरकारी सेवा प्रवाहलाई स्वचालित बनाउन र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले टेलिकमले देशका ७५३ ओटै स्थानीय तह र ६ हजार ७४३ वडा केन्द्रलाई जोड्ने अभियान अन्तर्गत ब्रोडब्यान्ड कनेक्टिभिटी आयोजना कार्यान्वयन गरिरहेको छ ।


यही सन्दर्भमा कम्पनीले स्थानीय तहका कार्यालयमा आफ्नो सेवा नपुगे तत्काल जानकारी गराउन आग्रह गरेको हो ।