Ad Image

सर्वदलीय बै‍ठकमा उठ्यो पूर्वराजालाई कार्बाही गर्नुपर्ने माग

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743350468.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने माग उठेको छ । सिंहदरबारमा जारी बैठकमा नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा शाहलाई कानुनी कार्बाही गर्नुपर्ने धारणा राखेका हुन् । 

चैत १५ गते पूर्वराजाकै उक्साहट र निर्देशनमा हिंसात्मक प्रदर्शन भएको भन्दै उनले कार्बाही गर्नुपर्ने बताए । उनले पूर्वराजाका गतिविधिले सीमा नाघेको टिप्पणी समेत गरेका छन् । ‘पूर्वराजालाई अब समय दिन सकिँदैन। दलहरूले यो विषयमा एउटा सहमति बनाएर आवश्यक संवैधानिक कानुनी कार्बाही अघि बढाउनुपर्छ, उनले भने ।