Ad Image

स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा मतदान जारी

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743392430.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचनका लागि मतदान भइरहेको छ ।  बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म जारी रहने छ । यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।
 
क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । यसपटक दलका विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अखिलबाट  सिद्धान्त भट्ट, नेविसंघबाट दीपक जोशी, अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र  उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ जना मतदाता रहेका छन् ।