Ad Image

पोखरा–ल्हासा पहिलो व्यावसायिक उडान सुरु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743412006.jpg

 कास्की। चीनको ल्हासा र पोखरा जोड्ने गरी आजदेखि व्यावसायिक उडान सुरु भएको छ। आज दिउँसो चीनको ल्हासाबाट १ सय ७ यात्रु लिएर आएको हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

 

उक्त जहाज सोमबार पोखरा बसेर मंगलबार बिहान पुनः ल्हासाका लागि उड्नेछ । ल्हासाबाट आएका यात्रुलाई नेपालका लागि चिनियाँ राजदूत छन सोङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले स्वागत गरेका छन् ।

 

हिमालय एयरलाइन्सले पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरेको छ । योसँगै अब पोखराबाट ल्हासा नियमित उडान हुने भएको छ ।

 

यसअघि चार्टर उडान हुने गरेको भए पनि विमानस्थल बनेपछि पहिलोपल्ट हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान थालेको हो ।