हेटौँडामा गणतन्त्रको पक्षमा एमालेको प्रदर्शन


हेटौँडा । गणतन्त्रको पक्षमा नेकपा एमाले मकवानपुरले हेटौँडामा प्रदर्शन गरेको छ । सोमबार एमाले मकवानपुरले हेटौँडामा र्यालीसहित सिमाचोमा जागरण सभा गरेको हो ।
हेटौँडाको चार दिशाबाट र्याली निकालेर एमाले सिमाचोकमा नेता तथा कार्यकर्तासहित सभा आयोजना गरेको हो । एमालेले हेटौँडाको पूर्वमा सानो पोखरा, पश्चिममा हेटौँडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट र्याली निकालेको थियो ।
बजार परिक्रमासहित सिमाचोमा पुगेको र्याली सभामा परिणत भएको थियो । उक्त सभालाई एमालेका केन्द्रीय स्तरका नेताहरू सम्बोधन गरेका थिए ।