Ad Image

युट्युबमा हेर्नुहोस् नेपालको यथार्थ चित्रण गर्ने 'रित्तियो नेपाल' भिडियो

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743441198.png

काठमाडौं । नेपालको यथार्थ चित्रण गर्ने एक म्युजिक भिडियो सार्वजनिक भएको छ । 

 

‘द मुस्ताङ मिरर नामक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको रित्तियो नेपाल बोलको भिडियोमा देशको वर्तमान अवस्था र समस्यालाई संगीतको माध्यमबाट उजागर गर्न खोजिएको छ । गीतमा नेताहरूको झुटो आश्वासन, भ्रष्टाचार, बेथिति र नेपालीको अस्तित्वको संघर्षलाई प्रस्तुत गरिएको छ । 
 

दुई मिनेट ५१ सेकेन्डको छोटो भिडियोमा गाउँदेखि शहरसम्म, पसलका सटरदेखि राज्यको ढुकुटीसम्म र रोजगारीका लागि विदेशिनु पर्दा सिंगो देश नै रित्तिनु परेको तीतो यथार्थलाई र्याप शैलीमा समेटिएको छ ।