Ad Image

पूर्वराजालाई पठाएको जरीवानापत्र फिर्ता लिन बालेनलाई जगमान गुरुङको चेतावनी

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743438713.jpg

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको संयुक्त जनआन्दोलन समितिले काठमाडौं महानगरका मेयर बालेन शाहलाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेर लेखेको जरिवाना पत्र फिर्ता लिन माग गरेको छ । 
 

समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै यदि जरिवाना पत्र फिर्ता नलिए कानूनी उपचारमा जाने चेतावनी दिएका छन् । १५ चैतको प्रदर्शनको आयोजक पूर्वराजा नभई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान भएको उल्लेख गरेका छन् । संयोजक गुरुङले उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरूले नै लिने भन्दै बालेनलाई निर्णय फिर्ता लिन चेतावनी दिएका हुन् ।