Ad Image

ट्रम्पलाई हमासको जवाफ : इजरायललाई सम्झौताहरू पालना गराउनु पर्‍यो

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741320291.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि हमासले प्रतिक्रिया जनाएको छ । हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  प्यालेस्टिनीहरूविरुद्ध बारम्बार दिँदै आएको धम्की इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजा युद्धविराम सम्झौताबाट फिर्ता हुने निर्णयलाई समर्थन गर्न र गाजाका जनतालाई घेराबन्दी र भोकमरी बढाउनको लागि भएको बताएको छ ।

 

हमासका प्रवक्ता अब्देल–लतिफ अल–कानौआले भनेका छन्– बाँकी इजरायली कैदीहरूलाई रिहा गर्ने उत्तम तरिका भनेको युद्धविरामलाई दोस्रो चरणमा लैजानु हो । इजरायललाई मध्यस्थकर्ताहरू मार्फत हस्ताक्षर गरिएका सम्झौताहरू पालना गर्न बाध्य पारिनुपर्छ ।

 

बिहीबार, राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई अन्तिम चेतावनी दिएका थिए । उनले गाजामा बन्धक बनाइएका सबैलाई रिहा गरिनुपर्ने बताउँदै अन्यथा गाजाबाट हमासको अन्त्य हुने चेतावनी दिएका थिए । ट्रम्पले भनेका थिए– सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर, पछि होइन, तिमीले मारेकाहरूको शव तुरुन्तै फिर्ता गर । यदि तुरुन्त सबैलाई रिहा नगरेमा हमास समाप्त हुनेछ ।

 

ट्रम्पले अमेरिकाले काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा इजरायललाई पठाइरहेको समेत उल्लेख गरेका थिए ।  इजरायल र हमास बीचको युद्धविराम सम्झौताको पहिलो चरण मार्च १ मा समाप्त भएको थियो । दोस्रो चरणको लागि दुई पक्षबीच कुनै सहमति भएन । इजरायलले गाजामा युद्धविरामको पहिलो चरण रमजानसम्म लम्ब्याउन चाहन्छ ।

 

यद्यपि, हमासले वार्तामा जोड दिएपनि युद्धविरामको समयसीमा बढाउने प्रस्तावलाई अस्वीकार गरेको थियो । कार्यान्वयन हुने सम्झौताको दोस्रो चरणमा गाजामा रहेका सबै जीवित बन्धकहरूको फिर्ता र सो क्षेत्रबाट सबै इजरायली सेनाको फिर्ता समावेश छ ।

 

यसैबीच हमासका प्रतिनिधि र अमेरिकाबीच पनि वार्ता भइरहेको बताइएको छ । इजरायलले अहिले पनि हमाससँग ५९ जना बन्धक रहेको र यी मध्ये २४ जना जीवित हुने अपेक्षा गरिएको छ ।