Ad Image

डेढ महिनामा अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741523308.jpg

काठमाडौं । अमेरिकाबाट फर्काइएका नेपालीको संख्या २६५ पुगेको छ । नेपाल प्रहरीको मानव बेचबखिन अनुसन्धान ब्यूरोका अनुसार पछिल्लो ७ वर्षको अवधिमा अमेरिकाबाट २६५ जना फर्काइएका छन् । फर्काइनेमा २५५ जना पुरुष रहेका छन् भने १० जना महिला रहेका छन् ।

 

जसमा चालू आर्थिक वर्ष ०८१–०८२ मा मात्रै ६६ जना नेपाली अमेरिकाबाट फर्काइएका छन् । जसमा ६० जना पुरुष रहेका छन् भने ६ जना महिला रहेका व्यूरोका प्रमुख समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र जिसीले जानकारी दिए ।


उनका अनुसार माघ ७ मा अर्थात २० जनवरी २०२५ को दिनमा मात्रै ३८ जना नेपाली अमेरिकाबाट फर्काइएका छन् । जसमा ३३ पुरुष र ५ जना महिला रहेका छन् ।

 

पछिल्लो ७ वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७६–०७७ मा ८३ जना नेपाली अमेरिकाबाट फर्काइएका छन् । जसमा ८१ जना पुरुष र २ जना महिला रहेका छन् । यस्तै आर्थिक वर्ष २०७५–०७५ मा ४५ जना, ०७७–०७८ मा ३० जना, ०८०–०८१ मा २१ जना, ०७९–०८० मा ७ जना अमेरिकाबाट फर्काइएका छन् ।