Ad Image

भारतको मुम्बईमा पानीको ट्यांकी सफा गर्दा निसास्सिएर ४ जनाको मृत्यु

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741530720.jpg

काठमाडौं । भारतको मुम्बईको नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर ४ मजदुरको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको हो । निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको छ ।

मृत्यु हुनेमा १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेख रहेका छन् । स्थानीय अधिकारीहरूका अनुसार घटना दिउँसो १२ः३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै भएको थियो।