Ad Image

एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741569604.jpg

काठमाडौं ।  स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रायो भल्लेकानोमाथि जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले रायो भल्लेकानोलाई २/१ गोल अन्तरले पराजित गरेको हो । ​​​​​​​रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस जुनियरले एक एक गोल गरेका हुन् । त्यस्तै रायो भल्लेकानोका लागि पेड्रो डियाजले एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिड ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको २७ खेलमा ५७ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोनासँग समान अंक रहेपनि रियल म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै रायो भल्लेकानोको यो हारपछि २७ खेलमा ३६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।