Ad Image

पाकिस्तानको बलोचिस्तानमा ४ सय यात्रु सवार रेल आतंकवादीको नियन्त्रणमा

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741699663.jpg

काठमाडौं । पाकिस्तानको बलोचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिका सवार रेललाई आतंककारीहरुले नियन्त्रणमा लिएका छन् । यात्रुबाहक रेलका ९ बोगीमा ४ सय भन्दा बढी यात्रुहरू सवार जाफर एक्सप्रेसलाई आतंकवादीहरुले नियन्त्रणमा लिएको जियो न्यूजले उल्लेख गरेको छ । रेल क्वेटाबाट खैबर पख्तुनख्वाको पेशावर जाने क्रममा गोली चलाएर नियन्त्रणमा लिइएको बताइएको छ । 

 

आतंककारीहरूले चालकलाई गोली हानेर रेल आफ्नो नियन्त्रणमा लिएका हुन् । सुरुङमा रेल नियन्त्रणमा लिएर यात्रुहरूलाई बन्धक बनाएका छन् । अहिले सुरक्षा बल घटनास्थलमा पुगेको बताइएको छ । 

 

बलोचिस्तान सरकारले आपतकालीन उपायहरू लागू गरेको छ र सबै संस्थाहरूलाई परिस्थितिसँग जुध्न परिचालन गरिएको जानकारी दिएको छ । यसैबीच, सिबी र सिभिल अस्पताल क्वेटामा आपतकालीन अवस्था लागू गरिएको छ । प्रान्तीय स्वास्थ्य विभागका अनुसार, सबै चिकित्सा र प्यारामेडिकल कर्मचारीहरूलाई सिभिल अस्पतालमा बोलाइएको छ र आपतकालीन अवस्थासँग जुध्न धेरै वार्डहरू खाली गरिएको छ।