Ad Image

लखन गाउँपालिका घैरुङमा ४५ कोठाको स्वास्थ्य चौकी निर्माण

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741757216.jpg

गोरखा । भूकम्पमा भत्केको घैरुङ स्वास्थ्य चौकीको भवन पुनर्निर्माण सम्पन्न भएको छ ।

 

जिल्लाको सहिद लखन गाउँपालिका-६ घैरुङस्थित स्वास्थ्य चौकीको भवन रु. आठ करोड ५४ लाख छ हजार लागतमा पुनर्निर्माण सम्पन्न भएको हो ।


गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आर्थिक सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण गरिएको हो ।


पैतालीस कोठाको नवनिर्मित भवनबाट आगामी चैतदेखि सेवा प्रवाह गरिने उनले जानकारी दिए ।


विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भवन भत्काएपछि घैरुङस्थित हिमालय माध्यामिक विद्यालयमा सञ्चालन हुँदै आएको छ ।