Ad Image

बाराबाट १३ किलो गाँजासहित एक महिला पक्राउ

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741869902.jpg

बारा । बारा प्रहरीले ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।  विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा प्रहरीले जितपुर सिमराबाट एक जना महिलालाई १३ किलो लागु औषध गाँजासहित पक्राउ गरेको हो ।


अस्थायी प्रहरी पोस्ट रामवनबाट खटिएको प्रहरी टोलीले मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–१ निवासी सुशीला गोलेलाई पक्राउ गरेको हो ।


हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ८ ख ६०६१ नं.को यात्रुवाहक माइक्रोलाई रोकेर जाँच गर्दा उक्त गाडीबाट १३ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।


पक्राउ परेकी गोलेलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।