सुर्खेतमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु


काठमाडौं । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मंगलबार राति वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा भे२प २९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले बताएको छ।
चालक वीरेन्द्रनगर नगरपालिका–७ का १९ वर्षीय चन्द्र बहादुर सिंजालीको कर्णाली प्रादेशिक अस्पताल कालागाँउ सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल पछाडि सवार वीरेन्द्रनगर–१२ का २१ वर्षीय बलबहादुर कामी घाइते भएका र उनको उपचार भइरहेको प्रहरीले बताएको छ।