नेप्सेको प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ताका लागि ५ जना छनौट


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि अन्तिम पाँच जनालाई अन्तर्वार्ताको लागि बोलाइएको छ । अर्थ मन्त्रालयले प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाको आवेदन परेकोमा पाँच जनालाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट गरेको हो ।
व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट हुनेमा चूडामणि चापागाई, नारद कुमार लुइँटेल. पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् । उनीहरुको व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ता चैत्र ६ गते बुधबार बिहान ७ बजेदेखि अर्थ मन्त्रालयमा हुने भएको छ ।