आईपिएलमा मुम्बईको पहिलो जीत, कोलकाता ८ विकेटले पराजित


काठमाडौं । मुम्बई इन्डियन्सले आईपीएलको १८ औं सिजनमा पहिलो जित दर्ता गरेको छ । सोमबार बेलुका वानखेडे रंगशालामा भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको कोलकाता ११६ रनमा समेटिएको थियो । मुम्बईले १३ औं ओभरमा नै आफ्नो लक्ष्य पुरा गर्न सफल भयो ।
मुम्बईबाट आईपीएल डेब्यू गरेका तीब्र बलर अश्विनी कुमारले ४ विकेट लिएका थिए भने दिपक चाहरले २ विकेट लिए । ब्याटिङमा रायन रिकेल्टनले ५० रन बनाए भने विल ज्याकले ३० रन बनाए । कोलकाताका अङ्क्रिश रघुवंशीले २६ रन बनाए । कोलकाताका आन्द्रे रसेलले दुवै विकेट लिन सफल भए ।
टस जितेर पहिले बलिङ गरेको मुम्बईले ७ बलमा २ विकेट लिएको थियो । अजिंक्य रहाणे र अङ्क्रिश रघुवंशी सेटमा छन् । चौथो ओभरको पहिलो बलमा अश्वनी कुमारले रहाणेलाई प्याभिलियन पठाए । त्यसपछि उनले रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेलको ठूलो विकेट लिन सफल भए ।