Ad Image

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट्दै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743480859.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट्ने भएका छन् ।  लामिछानेसहित सांसदहरुले १० बजे सभामुखलाई भेट्ने कार्यक्रम तय भएको छ । सभामुखसँगको भेटमा सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाको लागि आग्रह गर्ने बुझिएको छ । 

सहकारी ठगी मुद्दा लागेपछि सभापछि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् ।  यसअघि रास्वपाले सभापति लामिछानेको निलम्बन फुकुवाको लागि सभामुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । सोमबारदेखि भने उनी पार्टी नेतृत्वमा फर्किएका छन् ।