Ad Image

सोह्र जिल्लाका कृषि प्राविधिकलाई मुस्ताङमा तालिम

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743484604.jpg

मुस्ताङ । मुस्ताङको  घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले १६ जिल्लाका कृषि प्राविधिकलाई फलफूल तथा सागसब्जी खेतीसम्बन्धी तालिम प्रदान गरिरहेको छ।


आइतबारदेखि सुरु भएको तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक तालिममा संघ, प्रदेश र स्थानीय तहका नायब प्राविधिक सहायक तथा प्राविधिक सहायकको सहभागिता रहेको छ।


केन्द्रका प्रमुख पद्मनाथ आत्रेयका अनुसार फलफूल तथा तरकारीका गुणस्तरीय बिरुवा तथा बीउ उत्पादनको दक्षता अभिवृद्धि गर्न यस्तो तालिम सञ्चालन गरिएको हो।


तालिममा १६ जिल्लाका १८ कृषि प्राविधिक सहभागी छन् । पाल्पा र गुल्मीबाट दुई–दुई जना तथा बाँके, काभ्रे, धनकुटा, मोरङ, झापा, पर्वत, मनाङ, ललितपुर, मुगु, पश्चिम नवलपरासी, चितवन, धादिङ, स्याङ्जा, सुनसरी र जाजरकोटबाट एक–एक जनाले प्रतिनिधित्व गरेका छन्।


तालिमका संयोजक लक्ष्मण बुढाका अनुसार सहभागीहरूलाई बगैँचा तथा नर्सरीमा प्रत्यक्ष अभ्यास गराउँदै व्यावहारिक तालिममा केन्द्रित गराइएको छ। केन्द्रले तालिमका लागि अनलाइनमार्फत दरखास्त आह्वान गरेको थियो।