Ad Image

नेपालको राष्ट्रिय अस्मितालाई समाप्त गर्ने ग्राण्ड डिजाईन भइरहेको छ : देव गुरुङ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743487758.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालको राष्ट्रिय अस्मितालाई समाप्त गर्ने ग्राण्ड डिजाईन भइरहेको दावी गरेका छन् । चैत्र १५ गतेको तीनकुनेको घटना श्रृंखला यही षडयन्त्रको एउटा कडीको रुपमा अभिव्यक्त भएको भन्दै उनले मुलुकको स्वाधिनता र गणतन्त्रको रक्षाको निम्ति सम्पूर्ण वामपन्थी, देशभक्त तथा गणतन्त्र पक्षधर शक्तिहरुकोबीचमा एकताबद्व हुनु पर्नेमा जोड दिएका छन् ।

 

उनले मुलुकमा अराजकता र द्वन्दको परिस्थिति श्रृजना गरेर संकटकाल निम्त्याउने र सैन्य परिचालनको परिस्थिति श्रृजना गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने, संकट व्यबस्थापनको नाममा विदेशी सेना निम्त्याउने, मुलुकको सार्वभौम सुरक्षा र परराष्ट्रनीति विदेशीको हातमा सुम्पिने र नेपाललाई साम्राज्यवादी शक्ति केन्द्रहरुको सामरिक सैन्य अखडा बनाउने दिशामा सबै गतिविधिहरु प्रायोजित रुपमा भैरहेको जिकीर गरेका छन् । 

 

विगतमा नारायणहिटी दरवार नरसंहारकारी विभत्सब हत्या काण्ड र तत्पश्चात नेपालमा निरन्तर राजनेताहरुको दुर्घटनाको नाममा रहस्यमय निधनका घटनाहरु हुँदै आएको स्मरण गर्दै उनले त्यही शक्तिले आज पुर्वदरवारियाहरुको प्रयोगदेखि सरकार र राज्यका विभिन्न अंगहरुलाई दुरुपयोग गरी नेपालको राष्ट्रिय अस्मितालाई समाप्त गर्ने ग्राण्ड डिजाईन भइरहेको बताएका छन् ।  

सामाजिक सञ्जालमा उनले भनेका छन्–