Ad Image

महाङ्काल गाउँपालिकाकाे बिमिरेमा भीषण डढेलो, नियन्त्रणको प्रयासमा सुरक्षा निकाय

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743494564.jpg

ललितपुर।  दक्षिण ललितपुरमा रहेको महाङ्काल गाउँपालिका वडा नं १ बिमिरेमा भिषण डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि स्थानीय सरकारसहित सुरक्षा निकाय जुटेका छन् ।


बिहान ९ बजेतिर वडा नं-१ को कालागैरातिरबाट सुरु भएको डँढेलोले बिमिरेचौर सम्म नै क्षति गरिसकेको र आफूले सक्दो समन्वय गरेर आगलागी नियन्त्रणको पहल गरेको वडा नं-१ का वडाध्यक्ष रामप्रसाद घिमिरेले बताए ।


विमिरेचौरमा रहेको टेलीकम टावर लगायतका संरचना तथा मानव वस्तीमा जान सक्ने खतरा भएकाले हेलिकोप्टर मगाइएको वडाध्यक्ष घिमिरेले बताए ।


डढेलो लागेको थाहा भएपछि स्थानीयले निभाउन प्रयत्न गरिरहेको र नेपाली सेना तथा प्रहरीलाई सहयोगको लागि आग्रह गरिएको उनले बताए । आफूहरुसँग विपत प्रतिकार्य उपकरणहरु नभएकाले आगलागी नियन्त्रण कठिन भएकोले सुरक्षा संयन्त्र र जिल्ला प्रशासन कार्यालय लगायत सबै निकायलाई सहयोगको लागि आग्रह गरिएको गाउँपालिका उपाध्यक्ष डोल्मामायाँ गोलेले बताइन् ।


गोलेका अनुसार पालिकाले नियन्त्रणका लागि स्थानीयस्तरमा सबैखाले प्रयास जारी राखेको छ । गोटिखेलमा रहेको प्रहरी इकाइका पाँच जना प्रहरी र सूर्यदल गुल्मबाट नेपाली सेनाको टोली घटनास्थल पुगेर डढेलो नियन्त्रणको प्रयासमा लागेको उनको भनाइ छ । सुरक्षाकर्मी घटनास्थल पुगिसकेको र हाल बिमिरेको सल्लाघारीतिर आगो सरेको उनले बताइन् । वडा नम्बर १ र २ को सीमानामा रहेको सल्लाघारीतिर आगो सरेपछि निभाउन थप सकस भएको उनको भनाइ छ ।