Ad Image

प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व र समानीकरण अनुदान स्वीकृत

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743512452.jpg

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहसँग हुने आर्थिक कारोबारको ढाँचा तयार गरेको छ ।  आगामी पाँच आर्थिक वर्षसम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरिएको हो । 

 

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको जानकारी दिए ।

 

उनका अनुसार, सोमबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको हिस्सा अनुमानित रकम र वित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने निर्णय गरेको छ ।