Ad Image

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदूषण

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743567543.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण निकै बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको छ ।  प्रदूषणको सूचीमा भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ ।
 
इन्डेक्सका अनुसार आज काठमाडौंको समग्र वायु गुणस्तर सूचकांक एक्यूआई २४९ छ । प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको वायु प्रदूषण एक्यूआई आज ३५३ छ । त्यसैगरी वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा पाकिस्तानको लाहोर छ । त्यहाँको वायुको एक्यूआई आज १७८ छ ।

 

पछिल्लो एक सातादेखि काठमाडौंलगायत देशका मुख्य सहरहरुमा वायु प्रदूषण बढेको छ । यसको मुख्य कारण उद्योग, कलकारखाना र सवारी साधनबाट निस्कने धुवाँ, डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरुबाट उड्न् धुलो आदि भएको वातावरण विभागले जनाएको छ ।