कुलमान र हितेन्द्रदेवको मुद्दा आज पनि हेर्दाहेर्दैमा


काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यले दायर गरेका दुवै रिटलाई आज पनि हेर्दाहेर्दैमा राखेको छ । सुनुवाई पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा बिहीबारका लागि पेसी तोकिएको छ ।