Ad Image

तीनकुने आन्दोलनमा मारिएका सुरेश र सविनका परिवारलाई जनही १० लाख दिइने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743601620.jpg

काठमाडौं । सरकारले गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुईजनाको परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। गृह मन्त्रीस्तरीय निर्णयअनुसार  पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई सरकारको तर्फबाट १०/१० दिइने भएको हो ।

 

उक्त हिंसात्मक प्रदर्शनमा परेर कीर्तिपुरका २९ वर्षीय महर्जन र एभिन्युजका भिडियो पत्रकार रजकको निधन भएको थियो । पत्रकार रजकको तीनकुनेस्थित मार्बल हाउसमा जलेर मृत्यु भएको थियो भने महर्जनको गोली लागेर ज्यान गएको थियो ।