Ad Image

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743643016.jpg

काठमाडौं ।  संघीय संसद अन्तर्गतका ६ वटा समितिको बैठक बस्दैछ ।  सिंहदरबारस्थित कार्यालयमा बस्ने यी सबै समितिका बैठक बिहान ११ः०० बजेदेखि ११ः३० बजेका लागि बोलाइएको छ ।

 

जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा गैरसरकारी संघसंस्था, नागरिक समाज लगायतसँग छलफल हुँदैछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।

 

महिला तथा सामाजिक मामिला समितिमा भने सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव संकलन तथा छलफल हुनेछ ।

 

उता, कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक सम्बन्धी मस्यौदामा दफावार छलफल हुनेछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको आ.व. २०७९÷०८० को वार्षिक प्रतिवेदन (विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार) का सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।