बिमस्टेक सम्मेलनमा हस्ताक्षर समारोह सम्पन्न


काठमाडौं । थाइल्याण्डमा जारी बिमस्टेक शिखर सम्मेलन अन्तर्गत हस्ताक्षर समारोह सम्पन्न भएको छ।
बैंककमा भएको सम्मेलनका क्रममा सामुद्रिक यातायात सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो। नेपालका तर्फबाट परराष्ट्रमन्त्री आरजु राणाले हस्ताक्षर गर्दै समृद्ध, लचिलो, र खुला बिमस्टेक निर्माणका लागि बलियो राजनीतिक इच्छाशक्तिको आवश्यकतामा जोड दिइन् । साथै, उनले नेपाल क्षेत्रीय सहयोगलाई सुदृढ बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
परराष्ट्रमन्त्री राणाले संस्कृति, पर्यटन, र गरिबी निवारणमा क्षेत्रीय सहकार्य अभिवृद्धि गर्न नेपाल प्रतिवद्ध रहेको उल्लेख गरिन् । साथै, जलवायु परिवर्तन तथा विपद् पूर्वतयारीका क्षेत्रमा थप सहकार्य आवश्यक रहेको बताउँदै भारतको पहलमा स्थापित हुन लागेको बिमस्टेक विपद् व्यवस्थापन उत्कृष्टता केन्द्रको स्वागत गरिन्। उनले लचिलो पूर्वाधार निर्माण र एआई संचालित सम्बन्धी प्रविधिमा आधारित समाधानहरूको आवश्यकतामा पनि जोड दिइन्।