Ad Image

लमजुङमा किर्ते नागरिकता बनाएको आरोपमा नायव सुब्बासहित २ जना पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743688201.jpg

लमजुङ । किर्ते नागरिकता बनाएको आरोपमा जिल्ला प्रशासन कार्यालय लमजुङका नायव सुब्बा अशोक भण्डारीसहित २ जना पक्राउ परेका छन् ।  सीसीटीभी बन्द गरी राति १० बजे किर्ते नागरिकता बनाएको आरोपमा प्रहरीले राहदानी शाखामा कार्यरत चितवन घर भएका २७ वर्षीय अशोक भण्डारीलाई पक्राउ गरेको हो । 
 

अर्काे पक्राउ पर्नेमा बेंसीशहर नगरपालिका–४  घर भएकी ३४ वर्षीय सविता गुरुङ छिन् । उनी नागरिकता बनाउन जाने सेवाग्राही हुन् । सवितालाई चैत १४ गते बिहिबार र प्रशासनका कर्मचारी भण्डारीलाई चैत १५ गते शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए । 

 

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट किर्ते नागरिकताको मुद्दामा म्याद थपको अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।  केही समयअघि जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको विवरण सच्याएर नागरिकताको प्रतिलिपि बनाइदिएको समाचार मेयरसाप डटकमले प्रकाशित गरेको थियो । नागरिकता नं. ४५१०२६–१३८७७ रहेको सविताको गत फागुन २२ गते राती सीसीटीभी समेत बन्द गरी किर्ते नागरिकता बनाइएको थियो ।