रवि लामिछाने २ दिन प्रहरी हिरासतमै रहने, सोमबार कारागार चलान हुने


भैरहवा । शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहने भएका छन् । प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले सोमबारसम्म प्रहरी हिरासतमा रहने भएका हुन् ।
दुई दिन सार्वजनिक बिदा भएकाले सोमबारसम्म उहाँ प्रहरी हिरासतमा रहनु हुन्छ, बिदा खुल्ने बित्तिकै पहिला अदालत पेस गरेर मात्रै अनि कारागार पठाउने छौं ।’ उनले भने ।
सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ । सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने गरी तयारी भइरहेको कारागार स्रोतले जनाएको छ ।