Ad Image

बार एसोसिएसनको मतदात सम्पन्न, मतगणना आजै सुरु हुने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743855447.jpg

काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान  सम्पन्न भएको छ । आज बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजे सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले जानकारी दिएका हुन् ।

 

निर्वाचन सकिएसँगै मतगणना आजै सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

 

नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

 

महासचिवमा वरिष्ठ अधिवक्ता प्रा. डा. मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र वरिष्ठ अविधक्ता श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी रहेको छ ।

 

प्रमुख निर्वाचन अधिकृत निरालाका अनुसार नयाँ कार्यसमिति छनोटका लागि नौ हजार नौ सय ५७ मतदाता रहेका छन् । निर्वाचनमा २५ जनाका लागि ५७ को उम्मेदवारी परेको छ । मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ वटा केन्द्र रहेका छन् । काठमाडौं मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको छ । यस केन्द्रमा करिब छ हजार मतदाता रहेका छन् ।