आइतबार सार्वजनिक बिदा


काठमाडौं । सरकारले भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर चैत २४ गते आइतबार राम नवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
