शिक्षकहरुले गरे अनिश्चितकालीन देशव्यापी शैक्षिक हड्तालको घोषणा


काठमाडौं । नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ। महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै भोलि (सोमबार) देखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो । विज्ञप्तिमा नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरिएको छ।
‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन र यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गरिएको छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षकरकर्मचारी मैत्री विद्यालय शिक्षा ऐन गारी गराउन सरकारलाई दबाब दिने उद्देश्यले शैक्षिक हड्ताल घोषणा गरिएको महासंघले जनाएको छ। विगतमा भएका सहमति कार्यान्वयनसहित नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरु चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छ।
