Ad Image

कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै राजधानीमा प्रदर्शन, उर्जामन्त्री खड्काको राजीनामा माग

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743931873.PNG

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदमा कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा आइतबार विरोध प्रदर्शन गरेका छन् ।

 

यो प्रदर्शन कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको नेतृत्वमा गरिएको हो । प्रदर्शनमा सहभागीहरूले "प्राधिकरणमाथि राजनीति बन्द गर" लगायतका नारा र प्लेकार्ड बोकेका थिए ।


समर्थकहरूले सरकारको निर्णयविरुद्ध आवाज उठाउँदै घिसिङलाई अपमानजनक तरिकाले पदमुक्त गरिएको आरोप लगाएका छन् ।


११ चैतमा मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । यस निर्णयविरुद्ध घिसिङले सर्वोच्च अदालतमा रिट दायर गर्दै आफ्नो पुनर्बहालीको लागि अन्तरिम आदेश मागेका थिए । तर, सर्वोच्च अदालतको संयुक्त इजलासले शुक्रबार उनको पुनर्बहालीको माग अस्वीकार गर्दै अन्तरिम आदेश नदिने निर्णय गरेको थियो ।

 

कुलमान घिसिङको पुनर्बहालीको पक्षमा भएको यो प्रदर्शनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन र तामाङ संघजस्ता संघसंस्थाहरूको सहभागिता थियो ।


सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि, घिसिङले २२ चैतमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका थिए ।


प्रदर्शनमा सहभागीहरू स्वतन्त्र नागरिक समूहको रुपमा रहेका कुलमानका समर्थकहरूले विभिन्न ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका थिए । बानेश्वरबाट सुरु भएको र्याली माइतीघर मण्डलामा कोणसभामा परिणत भएको थियो । र्यालीको क्रममा सांस्कृतिक झाँकी पनि प्रस्तुत गरेका थिए । यसैबीच, उर्जामन्त्री दीपक खड्काको राजीनामाको माग पनि गरेका थिए ।