Ad Image

वायु प्रदूषणले हवाई उडान प्रभावित हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744011077.jpg

काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न सहरमा उच्च वायुप्रदूषका कारण हवाई उडान प्रभावित भएको छ।

 

प्रदूषणबाट धेरै प्रभावित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भइरहेको छ । भिजिविलिटी कम भएपछि हवाई उडान डिले हुने र रद्दसमेत भइरहेकाले यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् ।


पोखरा, सिमरा र भरतपुरमा उडान र अवतरण रोकिएको त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शर्पाले  बताए । अन्य ठाउँमा भने उडान नियमित छ ।


उनले भने, ‘खराब मौसम तथा भिजिबिलिटी कम भएका कारण ३ ठाउँमा जहाजले उडान भर्न सकेको छैन । भने, काठमाडौंलगायत अन्य ठाउँको उडानमा केही समस्या छैन ।’