Ad Image

रवि लामिछाने रुपन्देही कारागार चलान

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744016667.jpeg

काठमाडौँ । सहकारी ठगी अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने रुपन्देही कारागार चलान भएका छन् । उनलाई आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर कारागार चलान गरिएको हो ।


उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराई जेल चलान गरिएको छ ।


जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश गरेपछि सरकारी वकिल कार्यालय र लामिछाने दुवै उच्च अदालत पुगेका थिए । जसउपर उच्च अदालतले गत शुक्रबार सुनुवाइ गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।


अदालती प्रक्रिया मिचेर रविलाई पक्राउ गरेको प्रहरीले तीन रातसम्म हिरासतमा राखेर आज अदालतमा उपस्थित गराएर कारागार चलान गरेको छ । शुक्रबार पक्राउ गरिएका रविलाई काठमाडौंमा राखेर शनिबार बिहान हवाईमार्गबाट रुपन्देही ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो ।